राष्ट्रियसभा निर्वाचन– गण्डकी प्रदेशबाट महिलामा माओवादीकी मनरुपा विजयी - Chaitanya News
  • 2026-11-14
  • 23:51:29
  • शनिबार,कार्तिक २९, २०८३
  • राष्ट्रियसभा निर्वाचन– गण्डकी प्रदेशबाट महिलामा माओवादीकी मनरुपा विजयी

    राष्ट्रियसभा निर्वाचन– गण्डकी प्रदेशबाट महिलामा माओवादीकी मनरुपा विजयी

    पोखरा– राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकीc विजयी भएकी छन्। आज (बिहीबार)सम्पन्न निर्वाचनमा उनले ३ हजार ६ सय ६० मतभार पाएर विजयी भएकी हुन्। शर्मालाई स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ जनाले मत दिएका थिए।

    विपक्षी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार पाइन्। उनलाई स्थानीय तह तर्फ ७३ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए। गठबन्धनको स्थानीय तहतर्फ १ सय १ जना जनप्रतिनिधिमध्ये ५ जनाले विपक्षीलाई मतदान गरेका हुन्।

    स्थानीय तहमा १ भोट र प्रदेशतर्फ पनि १ भोट बदर भएको थियो । राप्रपाका उम्मेदवारले स्थानीय तहबाट कुनैपनि मत पाएनन् भने प्रदेशसभाका २ सांसदले राप्रपा उम्मेदवार गौमाया श्रेष्ठलाई मतदान गरे। स्थानीय तहतर्फ बागलुङको ढोरपाटनका मेयर देवकुमार नेपाली मतदानमा सहभागी भएनन्।