राष्ट्रिय सभा सदस्य निर्वाचन: कोशीमा र लुम्बिनी प्रदेशमा मतगणना जारी - Chaitanya News
  • 2026-11-14
  • 23:44:57
  • शनिबार,कार्तिक २९, २०८३
  • राष्ट्रिय सभा सदस्य निर्वाचन: कोशीमा र लुम्बिनी प्रदेशमा मतगणना जारी

    राष्ट्रिय सभा सदस्य निर्वाचन: कोशीमा र लुम्बिनी प्रदेशमा मतगणना जारी

    काठमाडौँ– सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत कोशी र लुम्बिनी प्रदेशमा मत गणना जारी छ। कोशी र लुम्बिनी प्रदेशमा ३ बजे मत गणना सकिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु भएको हो।

    त्यस्तै बागमती, गण्डकी लगायतका प्रदेशमा सर्वदलीय बैठक जारी छ। लुम्बिनीमा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भइसकेको छ।

    लुम्बिनीको प्रारम्भिक मतगणनामा महिला कोटामा विष्णु कुमारी सापकोटाले २,७५६ मत पाएकी छन् भने तुलसा कुमारी केसी १,५३७ मत पाएकी छन्। त्यसैगरी विजयालक्ष्मी सिंह २१२ मत पाउँदा अहिलेसम्म १०६ मतभार बदर भएको छ। त्यस्तै अन्य कोटामा झक्कु सुवेदी २७५६,झपेन्द्र बहादुर घर्ती क्षेत्री १६४३, र बाल गोविन्द चौधरीले २१२ मत पाएका छन्।