राष्ट्रिय सभा निर्वाचन: ७० प्रतिशत मत खस्यो - Chaitanya News
  • 2026-11-14
  • 23:44:52
  • शनिबार,कार्तिक २९, २०८३
  • राष्ट्रिय सभा निर्वाचन: ७० प्रतिशत मत खस्यो

    राष्ट्रिय सभा निर्वाचन: ७० प्रतिशत मत खस्यो

    काठमाडौँ–  राष्ट्रिय सभा सदस्य निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको छ। आज (बिहीबार) साँझसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ। हालसम्म करिब ७० प्रतिशत मतदान भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए।

    उनका अनुसार आज बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा मतदान कार्य जारी छ।

    ‘मतदान शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा भइरहेको छ। अहिलेसम्म ९११ः ३०० करिब ७० प्रतिशत मत खसिसकेको अवस्था हो शर्माले भने।’

    उनले दिउँसो तीन बजेसम्म मतदान कार्य जारी रहने र त्यसपछि मुचुल्का तयार गर्ने बताए। साढे चार बजे पछिदेखि मतगणना सुरु हुने र साँझ ८ बजेसम्म नतिजा आउने जानकारी शर्माले दिए।

    आज बेलुका करिब ८ बजेसम्म नतिजा आइसक्ने अपेक्षा आयोगले गरेको छ,’ पौडेलले भने।