काठमाडौँ– नेकपा(माओवादी केन्द्र) को विधान अधिवेशनमा करिब २२ लाख खर्च हुने अनुमान गरेको छ। माओवादीले फागुनको .१–३) सम्म प्रज्ञा भवन कमलादीमा प्रथम विधान अधिवेशनका लागि तीन दिनको हल बुकिङ भइसेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।
उनका अनुसार धरौटी एक लाखसहित ५ लाख ४० हजार भाडा रहेको छ। अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी हुनेछन्। उनीहरूलाई खाजापानी पार्टीले नै व्यवस्था गर्ने भएकाले करिब ६ लाख ५० हजार खर्च हुने उनको अनुमान छ। यस्तै स्टेसनरी खर्च लगायत भैपरी आउने खर्च गरी २२ लाख खर्च हुनसक्ने उपाध्यायले जानकारी दिए।
प्रत्येक प्रतिनिधिबाट एकहजार रुपयाँ उठाउने निर्णय गरिसकेको छ। प्रतिनिधिबाट १३ लाख उठ्ने छ। बाँकी लेबिबाट उठाउने र अपुग पार्टी कोषबाट व्यहोर्ने उपाध्यायले बताए। यसअघि साउनको९१७–२१०सम्म बसेको केन्द्रीय समिति बैठकमा २१ लाख १५ हजार ५०० खर्च भएको थियो।