काठमाडौँ– राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा ४ पदका लागि मतदान जारी छ। हेटौँडा(४ स्थित भुटनदेवी माविको भवनमा बिहान ९ बजेबाट मतदान प्रक्रिया सुरु भएको हो।
यो प्रदेशमा ४ पदका लागि १५ उम्मेदवार चुनावी मैदानमा छन्। प्रमुख ६ राजनीतिक दलका १५ जनाले उम्मेदवारी दिएका हुन्। सत्ता गठबन्धनका साझा उम्मेदवार ४ जना छन् भने यसबाहेक तीन दलका ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
बागमतीमा ११० प्रदेश र २४७ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका छन्।