हिउँदे अधिवेशनबाट धेरैभन्दा धेरै विधेयक पारित गराउने सरकारको तयारी - Chaitanya News
  • 2026-11-14
  • 23:51:22
  • शनिबार,कार्तिक २९, २०८३
  • हिउँदे अधिवेशनबाट धेरैभन्दा धेरै विधेयक पारित गराउने सरकारको तयारी

    हिउँदे अधिवेशनबाट धेरैभन्दा धेरै विधेयक पारित गराउने सरकारको तयारी

    काठमाडौँ– आगामी हिउँदे अधिवेशनबाट धेरैभन्दा धेरै विधेयक पारित गराउने सरकारको तयारी छ।

    मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा यो अधिवेशनमा धेरै विधेयक पारित गराउन सरकारले गृहकार्य गरिरहेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

    उनले भनिन्, ‘हिउँदे अधिवेशन भनेको विधेयक अधिवेशन हो। संघीयता कार्यान्वयनको लागि आवश्यक कानून मन्त्रालयले अलग अलग मन्त्रालयसँग छलफल पनि गरिरहेको छ। हिजोको क्याबिनेटमा पनि प्रधानमन्त्रीले सबै मन्त्रालयलाई निर्देशन गरिसक्नुभएको छ। त्यहीअनुसार सबै मन्त्रालय विधेयक बनाउन लागिरहेको रिपोर्टिङ पनि छ।

    उनले संघीय शिक्षा ऐन, संघीय निजामती ऐन, प्रहरी ऐनलगायतका महत्त्वपूर्ण ऐनलाई पनि टुङ्ग्याउने बताइन्।