एनआरएनएको निर्वाचन विवाद छानबिन गर्न समिति गठन - Chaitanya News
  • 2026-11-14
  • 23:51:36
  • शनिबार,कार्तिक २९, २०८३
  • एनआरएनएको निर्वाचन विवाद छानबिन गर्न समिति गठन

    एनआरएनएको निर्वाचन विवाद छानबिन गर्न समिति गठन

    काठमाडौँ– सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन विवादको छानबिन गर्न एक समिति बनाएको छ।

    हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार महान्यायाधिवक्ताको कार्यालयका सह(महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेको छानबिन समिति गठन गरिएको छ।

    संघको लेखा तथा कामकारबाही सम्बन्धमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न सरकारले समितिलाई समयावधि दिएको छ।