घरमा रबर प्लान्ट राख्दाका फाइदा - Chaitanya News
  • 2026-11-18
  • 16:29:33
  • बुधबार,मंसिर ०३, २०८३
  • घरमा रबर प्लान्ट राख्दाका फाइदा

    घरमा रबर प्लान्ट राख्दाका फाइदा

    काठमाडौँ– इन्डोर प्लान्टहरू रोप्ने चलन निकै बढेको छ। यसले घर सुन्दर देखाउन मात्र नभइ वरिपरिको वातावरणलाई पनि सफा, स्वच्छ राख्न निकै मद्दत गर्दछ।

    इन्डोर प्लान्ट घरको कोठा, बार्दली, भर्‍याङ जस्ता ठाउँमा सजाउन सकिन्छ। धेरै इन्डोर प्लान्टहरू मध्ये एक हो– रबर प्लान्ट।

    रबर प्लान्ट ठूला र चिल्ला पात भएको बिरुवा हो। यो बिरुवा घरमा रोप्दा यसले वरिपरिको हावालाई स्वच्छ राख्न मद्दत गर्छ।

    रबर प्लान्टलाई उज्यालो, अप्रत्यक्ष प्रकाश आउने ठाउँमा रोप्न सकिन्छ। यो यस्तो बिरुवा हो जसलाई माटो सुख्खा भएपछि मात्र पानी हाल्नु पर्छ।

    यो बिरुवा घरको जुनै कोठाको झ्यालको छेउमा राख्न सकिन्छ। यसले ताजा हावा प्रदान गर्न मद्दत गर्छ।

    यसले हावामा रहेको कार्बनडाइअक्साइडको मात्रा सोसेर अक्सिजन प्रदान गर्न मद्दत गर्छ।

    रबर प्लान्ट राम्रो एयर प्युरिफायर हो। यसले घरमा रहेको हानिकारक धुलोका कणहरूलाई हटाउन मद्दत समेत गर्दछ।