संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने सरकारको निर्णय - Chaitanya News
  • 2026-11-14
  • 23:51:35
  • शनिबार,कार्तिक २९, २०८३
  • संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने सरकारको निर्णय

    संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने सरकारको निर्णय

    काठमाडौँ– सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ। आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

    बैठकले माघ २२ गते अपराह्न ४ बजे बस्ने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।