1. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस्।
१. विश्वमा सबैभन्दा बढी देशसँग सिमाना जोडिएको देश रुस हो।
२. विश्वकै सबैभन्दा अग्लो झरना एन्जेल दक्षिण अमेरिका महादेशमा पर्दछ।
३. अफ्रिका महादेशमा फैलिएको घाँसे मैदानलाई भेल्डा भनिन्छ।
माथि दिइएका भनाईहरु मध्ये कुन कुन गलत छन?
A.१ मात्र B.२ मात्र C ३ मात्र D. सबै गलत
2. दक्षिण पुर्वी एशियामा पर्ने एक मात्र भूपरिवेष्ठित राष्ट्र कु्न हो?
A. थाईल्याण्ड B. मलेसिया C.कम्बोडिया D. लाओस
3. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस्।
उपनाम देश
A. रोटीको बास्केट 1.रुस
B. ‘Buffer zone of Europe’ 2. युक्रेन
C. ‘Garden of world’ 3.ईटाली
D.युरोपको केन्द्र E..बेल्जियम
F. ब्रसेल्स
A. a1,b2,c3,d5 B) a2,b4,c3,d5 C) a3,b4,c2,d5 D) a4,b2,c5,d34.
4. तल दिइएका भनाईहरु मध्ये कुन गलत छ?
A. भारत भास्को डि गामा ले पत्ता लगाएका हुन।
B. बढी घाँसे मैदान उष्णतृणभूमि जलवायुमा पाईन्छ।
C. ग्रीन वीचको मिनटाईम भन्दा नेपालको समय ५ घण्टा ४५ मिनेट छिटो छ।
D. एशिया र उत्तर अमेरिकाको सिमानामा रहेको सागर लालसागर हो।
5. भुगोलले पृथ्वीलाई मानवको घरका रुपमा अध्ययन गर्दछ। यो भनाई कसको हो?
A. इड्ली स्टाम्प B.आर।मर्फी C.म्याकनीका D. बोमेन
6.बढैया ताल कुन जिल्लामा अवस्थित रहेको छ?
A.बर्दिया B.बाग्लङ c.म्याग्दी D.दाङ
7. देहायका मध्ये फ्रान्सको राज्य क्रान्ति सँग सम्बन्धित कुन होईन?
A.भोल्टेयर B.मन्टेस्क्यु C.रुसो D.लेलिन
8. त्जThe Best FIFA Men’s player of 2023 अवार्ड कसले प्राप्त गरेका हुन?
A.किलियन एम्बाप्पे B.एन्जो फर्नान्डेज C.लियोनेल मेस्सि D.क्रिस्टियानो रोनाल्डो
9. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ?
समुह I समुह II
A. Hydrophone 1.पानी भित्रको आवाज नाप्ने यन्त्र
B.Dynamo 2. यान्त्रिक शक्तिलाई विद्युत शक्तिमा परिवर्तन गर्ने यन्त्र
C.Cyclotron 3. परमाणुको उर्जा उत्पादन गर्ने गतिलाई तिब्र गर्ने यन्त्र
D.Galvanometer 4. साना विद्युत तरङगलाई नाप्ने यन्त्र
A. a2,b1,c4,d3 B. a4,b3,c2,d1 C. a1,b2,c3,d4 D. a1,b2,c4
10.ASEAN को संस्थापक राष्ट्र कुन होईन?
A.इण्डोनेसिया B.भियतनाम C.थाईल्याण्ड D.फिलिपिन्स
11. भित्रि मधेशको जिल्लाहरु मध्ये सबैभन्दा ठुलो जिल्ला कुन हो ?
A.दाङ B. सिन्धुली C. सुर्खेत D. मकवानपुर
12. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस्।
समुहI समुह II
a. जैविक विविधता सूचना केन्द्र 1. झापा
b. हिमचितुवा अनुसन्धान केन्द्र 2. टिकौली
c. मृग अध्ययन केन्द्र 3. ताप्लेजुङ
d. कछुवा संरक्षण केन्द्र 4. गोदावरी
A) a2,b1,,c3,d4 B) a3,b1,c2,d4 C) a1,b2,c3,d4 D) a2,b3,c4,d1
13. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
A. बढी जुनारको लागि प्रसिद्ध जिल्ला – सिन्धुली
B. लिमि उपत्यका – हुम्ला
C. गुप्तेश्वर गुफा – कास्की
D. अंधेरी खोला गुफा – पर्वत
14.सफा हिमाल अभियान, २०२२ के सँग सम्बन्धित छ?
a. इसिमोडको हिमाल सफा राख्ने कार्यक्रम B. सगरमाथा आरोहीको सन्देश कार्यक्रम
C. नेपाली सेनाको हिमाल सरसफाई D. माथिका सबै
15.प्रथम विश्व युद्धमा धुरी राष्ट्र अन्र्तगत कुन कुन राष्ट्र पर्दथे?
A. अष्ट्रिया, जर्मनी, हङ्गेरी, टर्की र पोर्चुगल
B. अष्ट्रिया, जापान, हङ्गेरी, टर्की र पोर्चुगल
C. अष्ट्रिया, जर्मनी, हङ्गेरी, टर्की र इटाली
D. अष्ट्रिया, जर्मनी, हङ्गेरी, चीन र पोर्चुगल
16.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस्।
१.अमेरीकी स्वतन्त्रताको घोषणा पत्र थोमस जेफर्सनले तयार पारेका हुन।
२. Agrarian Revolution भनेर चिनिने क्रान्ति गौरवमय क्रान्ति हो।
३. The Social Contract नामक पुस्तकका लेखक रुसो हुन।
A. १,२ मात्र सहि B.१,३ मात्र सहि C. २,३ मात्र सहि D.सबै सहि
17. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ?
A. महाबलाध्यक्ष – प्रधानसेनापति
B.भट्टाधिकरण – जात, धर्मको रेखदेख गर्ने
C.अग्राहर – शैक्षिक संस्थाले कर तिर्नु नपर्ने भूमि
D.भटनायक – सेनापति
18. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस्।
१.उषाहरण र जैमिनि भारत नामक नाटक लेख्ने राजा जयप्रकाश मल्ल हुन।
२.कवि चुडामणि सम्राट भनि चिनिने राजा भूपतिन्द्र मल्ल हुन।
३.किराँत राज्यका संस्थापक राजा यलम्बर हुन।
४. डोला प्रथाको सुरुवात गर्ने राजा महेन्द्र मल्ल हुन।
A.२,३ मात्र गलत B.२,४ मात्र गलत C.१,४ मात्र गलत D. सबै गलत
19. सिद्धिनरसिंह मल्लद्धारा पाटनको कृष्ण मन्दिरको स्थापना कहिले गरेका हुन?
A. वि.स १६९३ B.वि.स १६१७ C.वि.स १७९१ D.वि.स १७७५
20. नारायणहिटी संग्राहलय सर्वसाधारणको लागि खुला कहिले गरिएको थियो?
A.वि.स २०६५ फागुन २०B.वि.स २०६५ फागुन १५
C.वि.स २०६५ मंसिर २० D.वि.स २०६५ माघ २०
1. A 11. A
2. D 12. D
3. B 13. C
4. D 14. C
5. C 15. C
6. A 16. D
7. D 17. D
8. C 18. C
9. B 19. A
10. B 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 160