काठमाडौँ– ग्लोबल आईएमई बैंकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको खातामा १ करोड ८० लाख जम्मा नभएको बताएको छ।
सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्ने समाचारको ग्लोबल आइएमई बैंकले खण्डन गरेको हो। ग्लोबल आइएमई बैंकको एउटा ‘स्लिप’ सहित रविले अनाधिकृतरुपमा पैसा लिएको समाचार सार्वजनिक भएको थियो।
यस विषयमा प्रष्टीकरण दिन आज रविले पत्रकार सम्मेलन आयोजना गरेका छन्। पत्रकार सम्मेलनमा उनले ग्लोबल आइएमइ बैंकले आफूलाई दिएको पत्र सार्वजनिक गरेका थिए। उक्त पत्र बैंकले आज रविलाई उपलब्ध गराएको हो।
पत्रमा लेखिएको छ, ‘उल्लेखित मिति १७र०६र२०२२ मा त्यहाँको यस बैंकमा सञ्चालनमा रहेको खाता नम्बर। मा रु. १,८०,००,००० को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक इसीसी मार्फत चेक क्लीयरिङमा पठाउँदा अपर्याप्त ब्यालेन्सको कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको ब्यहोरा जानकारी गर्दछौँ।’
![]()