मुटुको सर्जरीपछि ध्यान दिनैपर्ने पाँच कुरा - Chaitanya News
  • 2026-05-04
  • 10:15:38
  • सोमबार,बैशाख २१, २०८३
  • मुटुको सर्जरीपछि ध्यान दिनैपर्ने पाँच कुरा

    मुटुको सर्जरीपछि ध्यान दिनैपर्ने पाँच कुरा

    काठमाडौं– कहिलेकाहिँ अचानक हृदयघात हुन्छ। यसको बारेमा कसैलाई कुनै पत्तै हुँदैन। हतारमा विरामीलाई अस्पताल लगेर मुटुको अपरेशन गरिन्छ। मुटुको अपरेशन भन्नाले एंजियोप्लास्टी, भल्भ रिपेयरिङ तथा सीएबीजी जस्ता समस्या समावेश छन्।

    मुटुको अपरेशन गरेपछि मात्र यस बारेमा धेरै कुराको जानकारी हुन्छ, तर यति हुँदा–हुँदै पनि केहि गल्ति भइ नै हाल्छ, जसले समस्या झन् बढ्छ।

    मुटुको अपरेशन गरेपछि केहि कुरामा ध्यान दिनु अत्यन्त आवश्यक छ।

    दिनहु जाँच गर्न पर्ने कुरा

    विशेषज्ञका अनुसार मुटुका विरामीले दिनहुँ मुटुको धडकन, ब्लड सुगर र ब्लड प्रेशरको रीडिङ लिनु पर्छ। यी कुराहरुको सजिलै घरमा नै जाँच गर्न सकिन्छ। दिनहुँको नतिजा नोट बनाएर राख्नु पर्छ। यदि कुनै दिन उतार–चढाव भयो भने तुरुन्त डाक्टरसंग सल्लाह लिनु पर्छ।

    अपरेशन गरेको ठाउँको हेरचाह
    अपरेशन गरेको ठाउँको हेरचाह गर्नु आवश्यक छ। यस प्रकारको हेरचाह घाउ ताजा हुँदा गर्नु आवश्यक हुन्छ। चिरेको ठाउँ सफा र सुख्खा राख्नु पर्छ। यदि चिरेको ठाउँ वरपर रातो भएको छ, सुन्निएको छ र दुखिरहेको छ भने त्यसलाई वेवास्ता गर्नु हुँदैन।

    वजनमा ध्यान दिनुपर्छ

    यदि अचानक शरीरको वजन बढ्छ अथवा फुलेको छ भने त्यसलाई वेवास्ता गर्नु हुँदैन। त्यस्तो हुनुको कारण वाटर रिटेन्शनको लक्षण हुन सक्छ। यदि यी समस्यासंग सुन्निने समस्या पनि देखिएको छ भने तुरुन्त मुटु रोग विशेषज्ञलाई देखाउनु पर्छ।

    कार्डियाक रिह्याब
    पोस्ट सर्जरीका विरामीले कार्डियाक रिह्याबमा ध्यान दिनु आवश्यक छ। जसमा जीवनशैली, डाइट र व्यायाम पर्छ। डाक्टरले जुन कुरा नखान भनेको छ, ती खानेकुराहरुबाट टाढा रहनु पर्छ। त्यस्ता खानेकुरा मात्र सेवन गर्नु पर्छ, जसलाई खान डाक्टरले सल्लाह दिएको छ। जीवनशैलीमा परिवर्तन र व्यायाममा पनि ध्यान दिनु पर्छ।

    औषधि
    स्वास्थ्य सही राख्नका लागि डाक्टरद्वारा दिइएको औषधि सेवन गर्नु पर्छ। यसो गर्दा ब्लड प्रेसर सामान्य राख्न सकिन्छ र रगत पातलो हुन्छ, जसले रक्त सञ्चार सही हुन्छ र पुनः हृदयघात हुने खतरा कम रहन्छ।