राष्ट्रियसभा निर्वाचन: कोशीमा एमाले र राप्रपाबिच तालमेल - Chaitanya News
  • 2026-11-15
  • 00:13:38
  • शनिबार,कार्तिक २९, २०८३
  • राष्ट्रियसभा निर्वाचन: कोशीमा एमाले र राप्रपाबिच तालमेल

    राष्ट्रियसभा निर्वाचन: कोशीमा एमाले र राप्रपाबिच तालमेल

    विराटनगर– राष्ट्रियसभा सदस्य पदका लागि हुन गइरहेको निर्वाचन अन्तर्गत कोशी प्रदेशमा नेकपा एमाले र राप्रपाबिच तालमेल हुने भएको छ।

    कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि अन्य र महिला क्लस्टर गरी दुई सिटमा चुनाव हुँदैछ। दुई सिटमध्ये एक सिटमा एमालेले राप्रपालाई र अर्को सिटमा राप्रपाले एमालेलाई सघाउने गरी सहमति भएको हो।

    कोशी प्रदेशसभामा राप्रपाका संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाका अनुसार कोशीमा एमालेले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई सघाउने भएको छ। यस्तै राप्रपाले भने एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई सघाउने भएको छ।