बागमती प्रदेश लोक सेवा आयोगले माग्यो एक हजार ११३ जना कर्मचारी - Chaitanya News
  • 2026-06-07
  • 15:08:35
  • आइतबार,जेठ २४, २०८३
  • बागमती प्रदेश लोक सेवा आयोगले माग्यो एक हजार ११३ जना कर्मचारी

    बागमती प्रदेश लोक सेवा आयोगले माग्यो एक हजार ११३ जना कर्मचारी

    काठमाडौँ– प्रदेश लोक सेवा आयोग बागमती प्रदेश हेटौँडाले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

    आयोगको हेटौँडास्थित कार्यालयले आज एक सूचना जारी गर्दै प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि आवेदन माग गरिएको हो।

    बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको विज्ञापन प्रकाशन गरिएको आयोगको सूचनामा उल्लेख छ ।

    विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट spsc.bagamati.gov.np मा प्रकाशन गरिएको छ।

    योग्यता पुगेका उम्मेदवारहरूले माघ २८ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    सूचना: