एजेन्सी– भनिन्छ कहिलेकाँही आफूसँगै समय बिताउन पनि जरुरी हुन्छ। केही व्यक्तिलाई यस्तो गर्नु एकदमै गाह्रो हुन्छ भने कतिपयलाई एक्लै समय बिताउँदा आनन्द प्राप्त हुन्छ।
एक्लोपनसँग मजा लिने व्यक्तिका केही विशेष बानी व्यवहार हुन्छन्।
यस्तो हुँदैन कि उनीहरु मानिससँग कुरा गर्न मन पराउँदैनन्। बरु यिनीहरुले चुपचाप नरहनका लागि कुरा गर्नु भन्दा केही राम्रो कुरा मात्र गर्न मन पराउँछन्।
यस्ता व्यक्तिले एक्लै समय बिताउँदा आफूलाई फ्रेस महसुस गर्छन्। एक्लोपनले यिनीहरुलाई रिचार्ज गर्छ। यो स्थिति भनेको अन्तरमुखी स्वभावका व्यक्तिले मन पराउँछन्।
मनुष्य एउटा सामाजिक प्राणी हो। तर, यस्ता व्यक्तिले मतलव गर्दैनन् कि अरु मानिसले के सोंच्नेछन् भनेर। उनीहरु आफ्नै दुनियाँमा रमाउँछन्।
एक्लै समय बिताउन सक्ने व्यक्तिले आफ्नो लागि सबै गर्न सक्छ। जसमा भावनात्मक स्वतन्त्रता पनि सामेल छ। भावनात्मक रुपमा आत्मनिर्भर हुनु पनि कठिन परिस्थिति हो।
यो भनेको जीवन र तनावको स्तरलाई काबु गर्ने क्षमता हो।