तपाँईको आजको राशिफल - Chaitanya News
  • 2026-11-18
  • 16:57:25
  • बुधबार,मंसिर ०३, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    परिवारजनको साथले नयाँ आशा पलाउने छ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। लाभदायक यात्रा र मनोरञ्जन पूर्ण कार्य रहला।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    हल्लाको भर पर्दा दुख पाइने र गरेका काममा ढिलासुस्ती हाला। मनमा दुबिधा उत्पन्न हुनेछ। दिनको उत्तरार्धमा धन खर्च बढ्ने छ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    पारिवारिक सद्भाव बढ्ने छ। नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ। मिहिनेत गर्दा प्रगति हुनेछ। व्यापार व्यवसायबाट लाभ मिल्ने देखिन्न।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, त
    अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्ने छ। मेहनतीहरूका लागि दिन फलदायी नै रहने छ। गरेको काममा ढिलासुस्ती हुनेछ।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। वैदेशिक कार्य अघि बढ्ने छ। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। आत्मिक सन्तुष्टि मिल्ने छ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    आज मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला। बोलीको विपरीत अर्थ पनि लाग्न सक्छ अतः संयम रहनु होला।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    अतिथिका रूपमा सम्मान पाइनेछ। आत्मिक सन्तुष्टि मिल्ने छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    इच्छा र आकांक्षा पूर्ण हुने भएको छ। मनमा हर्ष छाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ। नयाँ अलङ्कारको प्राप्ति हुनेछ।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। कला र गलाको प्रभाव बढ्ने छ। मनोरञ्जनमा सहभागिता भइएला। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    पारिवारिक जमघट र मनोरञ्जन कार्य सम्पन्न हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्ने छन्। कार्य सम्पादनमा सहजता मिल्ने छ।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। शुभकार्यको चर्चा चल्ने छ। अरुलाई प्रभावित पारेर काम बन्ने छ। सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। विद्या र बुद्धिको विकास हुनेछ। नयाँ कार्य गर्ने योजना पनि बन्नेछ।