सरकारले माग्यो उच्च शिक्षा विधेयकको प्रारम्भिक मस्यौदामाथि सुझाव - Chaitanya News
  • 2026-05-05
  • 11:17:35
  • मंगलबार,बैशाख २२, २०८३
  • सरकारले माग्यो उच्च शिक्षा विधेयकको प्रारम्भिक मस्यौदामाथि सुझाव

    सरकारले माग्यो उच्च शिक्षा विधेयकको प्रारम्भिक मस्यौदामाथि सुझाव

    काठमाडौँ– सरकारले उच्च शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदामाथि सुझाव माग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त मस्यौमाथि राय तथा सुझाव माग गरेको हो।

    उक्त प्रारम्भिक मस्यौदा समेत सरकारले वेबसाइट मार्फत सार्वजनिक गरेको छ। उक्त मस्यौदा विधेयकलाई समृद्ध बनाई नेपालको उच्च शिक्षालाई अझ बढी व्यवस्थित र प्रभावकारी बनाउन भन्दै मन्त्रालयले आवश्यक सुझाव माग गरेको हो।

    त्यसका लागि निश्चित ढाँचामा विधेयकबारे १५ दिनभित्रमा सुझाव दिन मन्त्रालयले अनुरोध गरेको छ। स्वदेश तथा विदेशमा रहेका शिक्षा प्रेमी, विद्वान बुद्धिजीवी, विश्वविद्यालयका पदाधिकारी, कर्मचारी, विद्यार्थी, राजनीतिक दलमा आबद्ध महानुभावहरु, सरकारी–सार्वजनिक तथा निजी क्षेत्रमा कार्यरत कर्मचारी, व्यवस्थापक, उद्यमी तथा शिक्षासँग सरोकार राख्ने तथा सरोकारवाला निकायले सुझाव पेस गर्न सक्नेछन्। आवश्यक सुझावबाट प्रस्तुत विधेयक अझ बढी समृद्ध हुने मन्त्रालयको अपेक्षा रहेको जनाएको छ।

    यसअघि विद्यालय शिक्षा विधेयकमाथि आवश्यक सुझाव माग नगर्दा निकै विवादमा आएको थियो। जसले गर्दा उक्त विधेयकमाथि १५३ जना सांसदहरूले १ हजार ७५८ विवरणमा संशोधन प्रस्ताव हालेका छन्। शिक्षा विधेयकलाई विवादमा नल्याउन सरकारले मस्यौदामा नै आवश्यक सुझाव माग गरेको हो।