काठमाडौँ– संसद्को महासचिव नियुक्तिका विषयमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरणपत्र पठाएका छन्। सभामुख र अध्यक्षले २५ मङ्सिरमा सङ्घीय संसद्को महासचिवमा पदमराज पाण्डेयलाई गरेको सिफारिस बारे राष्ट्रपति पौडेलले हालसम्म कुनै निर्णय नलिएपछि स्मरणपत्र पठाएका हुन्।
लामो समयसम्म पाण्डेयको नियुक्ति नभएपछि सभामुख घिमिरे अध्यक्ष तिमिल्सिनाले राष्ट्रपतिलाई माघ ३ मा स्मरणपत्र पठाएका हुन्। तत्कालीन महासचिव भरतराज गौतमले संसद्को महासचिवबाट राजीनामा दिएपछि सभामुख र राष्ट्रिय सभा अध्यक्षले पाण्डेयलाई नियुक्तिको सिफारिस गरेका थिए।