लाइसेन्स अब निरन्तर छपाई हुने छ : यातायात मन्त्री ज्वाला - Chaitanya News
  • 2026-06-01
  • 08:07:19
  • सोमबार,जेठ १८, २०८३
  • लाइसेन्स अब निरन्तर छपाई हुने छ : यातायात मन्त्री ज्वाला

    लाइसेन्स अब निरन्तर छपाई हुने छ : यातायात मन्त्री ज्वाला

    काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी लाइसेन्सको समस्या समाधान उन्मुख रहेको बताएका छन्।

    आज (आइतबार) मन्त्रालयमा प्रदेश सरकारका भौतिक मन्त्रीहरूसँगको समन्वय बैठकमा बोल्दै उनले पुरानो ठेक्का ट्र्याकमा ल्याइएको र अब ६ लाख कार्ड तत्काल छपाइमा जान लागेको दाबी गरेका छन्।

    कुल पेन्डिङ १४ लाख कार्ड मध्ये पहिलो ६ लाख तत्काल छापिने र अर्को ६ लाख क्रमशः छपाइ गर्ने गरी ट्र्याकमा लिइएको उनको भनाई छ।

    साथै १६ लाख नयाँ कार्ड छपाइका लागि ठेक्का प्रक्रिया अगाडि बढेको र यसले लाइसेन्समा रहेको समस्या स्थायी रूपमा समाधान हुने उनले दाबी गरे।
    नक्कली लाइसेन्स काण्डमा छानबिन समिति बनाएर काम थालिएको उनले जानकारी दिए। यातायात व्यवस्था विभाग र मन्त्रालय दुवै निकायबाट छानबिन भइरहेको उनको भनाइ छ।

    नक्कली लाइसेन्स काण्डमा दोषी ठहरिए कसैले पनि उन्मुक्ति नपाउने उनले बताए। उनले भने, ‘बदमासी गर्नेहरूलाई कानुनी दायरामा ल्याउँछौँ, अख्तियार, सीआईबीबाट पनि अनुसन्धान हुन्छ, यसको निष्पक्ष छानबिन हुन्छ।