काठमाडौँ– सरकारले सामाजिक सञ्जाल सम्बन्धी गुनासो अनलाइनबाट गर्न सकिने व्यवस्था गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा रहेको पोर्टलबाट सामाजिक सञ्जाल सम्बन्धी गुनासो गर्न सक्ने व्यवस्था मिलाइएको हो।
मन्त्रालयको वेबसाइटमा रहेको सामाजिक सञ्जाल गुनासो दर्ता लिङ्कमा गएर सामाजिक सञ्जाल सम्बन्धी गुनासोको विवरणहरू प्रविष्ट गर्न सकिने मन्त्रालयका सूचना अधिकारी रमेश पाण्डेयले जानकारी दिए। सरकारले जारी गरेको सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिका अनुसार बनेको सामाजिक सञ्जाल व्यवस्थापन इकाइले अनलाइन मार्फत आएको गुनासोहरूको सम्बोधन गर्ने छ।
सामाजिक सञ्जाल सम्बन्धी गुनासो सम्बोधनका लागि आइतबारबाट यो सेवा सुरु भएको हो। गुनासो दर्ताका लागि सबै मन्त्रालयमा आउन सम्भव नहुने भएकाले अनलाइनबाटै गुनासो गर्न सकिने व्यवस्था मिलाइएको हो।