भारतले अनुमति नदिएपछि जनकपुरबाट अयोध्या जाने रेल यात्रा रद्द - Chaitanya News
  • 2026-06-01
  • 08:07:59
  • सोमबार,जेठ १८, २०८३
  • भारतले अनुमति नदिएपछि जनकपुरबाट अयोध्या जाने रेल यात्रा रद्द

    भारतले अनुमति नदिएपछि जनकपुरबाट अयोध्या जाने रेल यात्रा रद्द

    काठमाडौँ– भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट जाने भनिएको विशेष रेल सेवा रद्द भएको छ। सुरक्षाको कारण देखाउँदै भारतले अनुमति नदिएपछि जनकपुरबाट जाने भनिएको रेल यात्रा रद्द भएको हो।

    शनिबार बिहान नेपाल रेल्वे कम्पनीले सम्बन्धित निकायबाट स्वीकृति लिएर प्राण प्रतिष्ठामा जनकपुरबाट भारतीय २० बोगीको रेल जाने व्यवस्था मिलाएको जानकारी दिएको थियो भने शनिबार अपराह ४ बजेदेखि टिकट बुकिङ खुला गरिएको थियो। उक्त रेल आज (आइतबार) बिहान ६ बजे अयोध्या प्रस्थान गर्ने कार्यक्रम थियो।

    तर शनिबार साँझ रेल्वे कम्पनीले भारत सरकारले अनुमति नदिएकाले विशेष रेल सेवा रद्द भएको जानकारी गराएको छ।