सडक निर्माण र सुरक्षाबारे छलफल गर्न सातै प्रदेशका यातायात मन्त्रीहरु पुगे काठमाडौँ - Chaitanya News
  • 2026-06-01
  • 08:08:36
  • सोमबार,जेठ १८, २०८३
  • सडक निर्माण र सुरक्षाबारे छलफल गर्न सातै प्रदेशका यातायात मन्त्रीहरु पुगे काठमाडौँ

    सडक निर्माण र सुरक्षाबारे छलफल गर्न सातै प्रदेशका यातायात मन्त्रीहरु पुगे काठमाडौँ

    काठमाडौँ– सडक निर्माण र सुरक्षाबारे छलफल गर्न सातै प्रदेशका यातायात मन्त्रीहरु काठमाडौँमा पुगेका छन। सडक सुरक्षा र निर्माणमा भइरहेको प्रगतिबारे भौतिक मन्त्री प्रकाश ज्वालाले सातै प्रदेशका यातायात मन्त्री र सरोकारवालाहरूसँग छलफल गर्ने भएका छन्।

    त्यसका लागि मन्त्री ज्वालाले आइतबार सातै प्रदेशका यातायात मन्त्री, सचिव, यातायात व्यवस्था विभागका महानिर्देशकलगायत सरोकारवालासँग छलफल गर्ने तयारी गरेका हुन्।

    सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दिउँसो एक बजे छलफलको आयोजना गरिएको भौतिक पूर्वाधार मन्त्री ज्वालाको सचिवालयले जनाएको छ।

    पछिल्ला दिनमा मन्त्री ज्वालाले विभिन्न जिल्लाका निर्माणाधीन सडक तथा आयोजनाहरूको स्थलगत अनुगमन गर्दै आएका छन्।