टीआरसी विधेयक आगामी संसदबाट टुंगोमा पुग्छ : प्रधानमन्त्री ‘प्रचण्ड’ - Chaitanya News
  • 2026-11-15
  • 00:13:58
  • शनिबार,कार्तिक २९, २०८३
  • टीआरसी विधेयक आगामी संसदबाट टुंगोमा पुग्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

    टीआरसी विधेयक आगामी संसदबाट टुंगोमा पुग्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसी विधेयक आगामी संसदबाट टुंगोमा पुग्ने बताएका छन्।

    युगान्डामा भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औँ सम्मेलनमा सहभागी भएर फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले सबै दलहरूसँग सहमतिका लागि वार्ता जारी रहेको समेत बताए।

    उनले भने, ‘टीआरसी बारे सबै छलफल र तयारी गरेका छौँ। संसदको उपसमितिबाट टुंगो लागेर समितिमा गएको छ।
    सदन खुल्ने बित्तिकै हाउसमा लगेर प्राथमिकताका साथ टुंगो लगाइन्छ। सहमतिबाट नै यसलाई टुंगो लगाउन म प्रयासरत छु। विश्वास छ सबै दलको सहमतिबाट यो टुंगोमा पुग्छ। शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुग्छन्।

    कम्पालाबाट आइतबार विहान राति कतार ओर्लिएका प्रधानमन्त्री दाहाल विहान ९ बजे कतार एयरवेजको विमानबाट काठमाडौँस्थित त्रिभुवन विमानस्थल आइपुगेका हुन्। प्रधानमन्त्री दाहाललाई स्वागत गर्न उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रीहरु र उच्च अधिकारीहरु विमानस्थल पुगेका थिए।

    प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा।रुपक सापकोटा र परराष्ट्र सचिव सेवा लम्साल पनि युगान्डा गएका थिए।