एजेन्सी– हातमा जमेको बोसो तथा मासुले शरीरलाई नै खराब देखाउँछ। यस्तोमा एक हप्ताभित्र तपाईं त्यस्तो बोसो कम गर्न चाहनुहुन्छ भने यहाँ दिइएका कसरत नियमित गर्नुहोस्।
वाल पुस अप्स:
वाल पुस अप्स कसरतले हातको बोसो कम गर्दछ। यसको अभ्यास गर्नाले काँधहरु पनि बलियो हुन्छन्।
फ्लोर डिप्स:
फ्लोर डिप्स पनि हातको बोसो घटाउनका लागि एकदमै प्रभावकारी कसरत हो। यसको अभ्यास गर्नाले हातहरुको बोसो घट्नुका साथै हात बलियो पनि हुन्छन्।
इंचवर्म:
इंचवर्मले पनि हातको बोसोलाई कम गर्छ। यो गर्न सबैभन्दा पहिले सिधा उभिने, त्यसपछि हातलाई जमिनमा राखेर शरीरलाई माथि उठाउने। अब हातको सहयोगले अगाडि हिँड्ने कोशिश गर्नुहोस्। यसक्रममा खुट्टालाई पनि अगाडि बढाउनुहोस्।
आर्म सर्कल:
यो कसरत गर्न एकदमै सजिलो छ। हातलाई गोलो गोलो घुमाउनु पर्ने हुन्छ। यसले पनि हातलाई बलियो बनाउनुका साथै बोसो कम गर्न एकदमै सहयोग गर्छ।