खुलामञ्चलाई खुल्लै रहन दिऊँ : डा.बाबुराम भट्टरा - Chaitanya News
  • 2026-11-18
  • 17:19:24
  • बुधबार,मंसिर ०३, २०८३
  • खुलामञ्चलाई खुल्लै रहन दिऊँ : डा.बाबुराम भट्टरा

    खुलामञ्चलाई खुल्लै रहन दिऊँ : डा.बाबुराम भट्टरा

    काठमाडौँ– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले खुलामञ्चलाई खुल्लै राख्नुपर्ने बताएका छन्। खुलामञ्च मासेर फुटबल मैदान बनाउने विषय बाहिरिएपछि उनले सामाजिक सञ्जालमा एउटा स्टाट्स लेख्दै खुलामञ्चलाई खुल्लै राख्नुपर्ने अपिल गरेका हुन्।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पञ्चायतकलादेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्ब स्थल हो। मलाई जीवनमा पहिलो पटक २०३६ सालमा यसै मञ्चमा ऋषिकेश शाह लगायतका मानव अधिकारवादी नेताहरूसँग उभिएर गणतन्त्रको पक्षमा बोलेको अझै सम्झना हुन्छ।

    उनले खुलामञ्चलाई अझै व्यवस्थित गरेर आमजनता र संगठनहरूले जनआवाज खुला रूपले मुखरित गर्न सक्ने सार्वजनिक स्थल बनाउनुपर्ने माग गरेका छन्।

    ‘जीवन्त लोकतन्त्रमा संसद मात्र हैन सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्त्वपूर्ण थलो हुन्छ भन्ने नभुलौँ,’ उनले भनेका छन्।