आज ललितपुरका विभिन्न स्थानमा ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने - Chaitanya News
  • 2026-06-01
  • 08:07:19
  • सोमबार,जेठ १८, २०८३
  • आज ललितपुरका विभिन्न स्थानमा ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने

    आज ललितपुरका विभिन्न स्थानमा ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने

    काठमाडौँ– आज ललितपुरका विभिन्न स्थानमा ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ।

    नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सीमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको हो।

    गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ नम्बर वडामा बिजुली बन्द हुने छ।

    यसैगरी लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका स्थानहरूमा पनि बिजुलीको लाइन काटिने प्राधिकरणले जनाएको छ।