यस्ता छन एक्लै बस्नुका फाइदा - Chaitanya News
  • 2026-05-04
  • 10:16:31
  • सोमबार,बैशाख २१, २०८३
  • यस्ता छन एक्लै बस्नुका फाइदा

    यस्ता छन एक्लै बस्नुका फाइदा

    काठमाडौँ– हिजोआज जिन्दगीमा खाली बस्नु, फुर्सदिलो हुने त सपना जस्तै भएको छ।

    हरेक मान्छे आ–आफ्नै भाग दौडमा व्यस्त छ। कोही आफ्नो काममा अल्झिएका छन्, कोही केमा। एक क्षण मात्रै फुर्सद भयो भने हामी कि फोन उठाएर चलाउन थाल्छौँ कि आसपासको संसारबाट आफूलाई पृथक् गरेर बस्छौँ।

    यस्तो समय आफैँलाई दिने हो भने हामी कयौँ चिन्ता र समस्याबाट मुक्त रहन सक्छौँ।

    दिनहुँको भाग दौडका कारण हामी चिडचिडे भएका हुन्छौँ। केही त डराउने र बेचैन रहन पनि थाल्छन्। यी सबै समस्याको उपचार भनेको आफ्नो साथमा एक्लै बस्नु नै हो। आफ्नो लागि समय निकाल्दा सामाजिक दबाबबाट मुक्त भइन्छ। आफ्नो विचार, भावना र अनुभव बुझ्ने मौका मिल्दछ। एक्लै रहनु हाम्रो व्यक्तिगत वृद्धि विकासका लागि पनि आवश्यक छ। अर्को व्यक्तिको आवश्यकता, रुचि र विचारबारे चिन्ता गर्नुको साटो एक्लै भएको समयमा आफ्नैबारे सोच्ने अवसर मिल्दछ।

    मान्छे सामाजिक प्राणी हो। सामाजिक सम्बन्धहरू हाम्रो विकासका लागि जरुरी छ। तर एक्लै समय गुजार्दा मानसिक स्वास्थ्यमा सकारात्मक असर पर्दछ।

    यसले हाम्रो सृजनशीलतालाई बढाउँछ । जो मान्छे एक्लै बस्छ उनीहरूको सामाजिक जीवन वास्तवमा समृद्ध हुने अनुसन्धानकर्ताहरूले फेला पारेका छन्। अर्को व्यक्तिसँग रहने मान्छेको तुलनामा यिनीहरूमा सामाजिक ऊर्जा धेरै हुन्छ।