एजेन्सी– दुधमा पिस्ता मिसाएर पिउँदा पनि धेरै स्वास्थ्य लाभहरु पाउन सकिन्छ। बच्चा वा बुढा पिस्ता दुध हरेक उमेरका व्यक्तिका लागि फाइदाजनक हुन्छ।
पिस्तामा फाइबर, फस्फोरस, म्याग्नेशियम, क्याल्सियम र प्रोटिन जस्ता पोषक तत्वहरु पाइन्छन्। जसले शरीरलाई स्वस्थ राख्ने काम गर्छन्।
पिस्ता दुध बनाउनका लागि १० वटा जति पिस्तालाई फोकेर सानो टुक्रा बनाउनुहोस् । त्यसपछि दुधमा राखेर १० मिनेटसम्म उमाल्नुहोस्। हल्का चिसो वा मनतातो दुधलाई पिउनुहोस्।
पिस्ता दुध मुटुका लागि पनि फाइदाजनक हुन्छ। यसमा एन्टीअक्सीडेन्ट्स गुणहरु पाइन्छन् जसले कोलेस्ट्रोलको मात्रालाई नियन्त्रणमा राख्छ।
दैनिक रुपमा पिस्ता दुध पिउनु मधुमेहका रोगीहरुका लागि पनि एकदमै फाइदाजनक हुन्छ। पिस्तामा फाइबर हुन्छ, जसले रगतमा सुगरको मात्रालाई अचानक बढ्न दिँदैन।
पिस्तालाई दुधमा मिलाएर पिउँदा हड्डी तथा मांसपेशीहरु पनि बलियो हुन्छन्। यसमा क्याल्सियमको मात्रा भरपूर हुने भएकाले हड्डीलाई बलियो बनाउने काम गर्छ।
पिस्ता दुध पिउँदा शरीरमा भिटामिन ए प्राप्त हुन्छ। भिटामिन ए आँखाका लागि एकदमै फाइदाजनक हुन्छ। यसले आँखाको रोशनी सही राख्छ।