तपाँईको आजको राशिफल - Chaitanya News
  • 2026-11-18
  • 16:58:55
  • बुधबार,मंसिर ०३, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आज गरेको कार्यमा अवरोध आउला। कतैकतै झैझमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिने छ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    आज श्रमदान गर्ने अवसर मिल्ने छ। कुनै समाचारले मनमा शान्ति छाउनेछ। शुभकार्यको चर्चा चल्ने छ। प्रेममा सफलता प्राप्त हुनेछ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज स्वास्थ्यसम्बन्धी चिन्ता बढ्ने छ। सौन्दर्यतामा धन खर्च हुनेछ, तर पहेंलो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    आज शुभ समाचार सुन्न पाइएला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। कला र गलाको प्रभाव बढ्ने छ। वैदेशिक कार्य अघि बढ्ने छ।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    मनमा दुबिधा उत्पन्न हुनेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। सवारी साधनको खरिद बिक्री हुने योग छ। लगनशीलताले कामहरू अगाडि बढ्ने छन्।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    कूटनीतिक नियोगको सहयोग मिल्ला। आकस्मिक धनलाभ हुनेछ। महिला वर्गबाट सहयोग मिल्ने छ। पारिवारिक सद्भाव पनि बढ्ने छ।

    कर्कट–हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्। कला र गलाको प्रभाव बढ्ने छ। विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ। मनोरञ्जन पनि होला।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। शुभकार्यको चर्चा चल्ने छ। प्रेमीको सहयोग प्राप्त हुनेछ। परिवारमा सुख सन्तोष छाउने छ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    न्यायिक कार्यमा सफलता मिल्ने छ। आँटेको र ताकेको कार्य पुरा होला। आफन्तको प्रगतिमा मन रमाउनेछ। नयाँ कार्यको योजना बन्ने छ।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ। आफन्तको प्रगतिमा मन रमाउने छ। सामाजिक क्षेत्रमा सफलता मिल्ने छ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    अरूलाई प्रभावित पारेर काम बन्ने छ। चलाखीपूर्ण बोलीले काम सफल हुन सक्छ। आयआर्जनका क्षेत्रमा सुधार आउने छ। पुनर्मिलनको योग रहेको छ।