कोभिड महामारीको बेला घर फर्किएका ८ नेपालीलाई साउदीको कम्पनीले तलब लिन बोलायो - Chaitanya News
  • 2026-06-01
  • 08:07:31
  • सोमबार,जेठ १८, २०८३
  • कोभिड महामारीको बेला घर फर्किएका ८ नेपालीलाई साउदीको कम्पनीले तलब लिन बोलायो

    कोभिड महामारीको बेला घर फर्किएका ८ नेपालीलाई साउदीको कम्पनीले तलब लिन बोलायो

    काठमाडौं– कोरोना महामारीका बेला घर फर्किएका ८ नेपालीलाई तलब लिन साउदीको एक कम्पनीले बोलाएको छ। साउदी अरेबियाको साउदी कन्स्ट्रक्सन डेभलपमेन्ट कम्पनीमा काम गर्दै आएका तर, कोभिड महामारीमा घर गएका ८ जना नेपालीलाई त्यो बेला काम गरेको तलब लिन बोलाएको हो। त्यसका लागि कम्पनीले साउदीस्थित नेपाली राजदूतावासलाई पत्राचार गरेको थियो।

    महामारीले गर्दा फर्की कम्पनीमा आउृन नसकेको, कम्पनीले दिनुपर्ने तलब सुविधा (सर्भिस बेनिफिट) भुक्तानीको लागि उनीहरूलाई सम्पर्क गर्न प्रयास गरेको तर, नसकेको जानकारी कम्पनीले दूतावासलाई गराएको थियो। सोही आधारमा दूतावासले ति ८ जनालाई कम्पनीमा सम्पर्क गरी वा कम्पनीको इमेल ठेगानामा आफ्नो जानकारी दिन अनुरोध गरेको हो।

    त्यसरी कम्पनीले बोलाएकोमा सिराहका सञ्जय कुमार यादव र बुध्न मुखीया मलह, सुरेश कुमार शाह, नवलपरासीका बाबुराम केवत, खोटाङका प्रकाश गिरी, उदयपुरका देब बहादुर राना मगर र तेह्रथुमका भिमप्रदास दाहाल रहेका छन्। उनीहरूले उक्त कम्पनीबाट ५४ हजार ३१६ साउदी रियल तलब पाउनेछन्। उक्त रकमको नेपाली (एक साउदी रियाल बराबर ३५(४६ रूपैयाँ हुँदा) १९ लाख २६ हजार रूपैयाँ भन्दा बढी हुन आउँछ।

    यसअघि साउदीकै टाट पल्टिएको अर्को कम्पनीले समेत ५५ जना नेपालीलाई काम गरेको बाँकी तलब लिन बोलाएको थियो।