नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्छ : मन्त्री बस्नेत - Chaitanya News
  • 2026-06-01
  • 08:09:37
  • सोमबार,जेठ १८, २०८३
  • नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्छ : मन्त्री बस्नेत

    नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्छ : मन्त्री बस्नेत

    काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने बताएका छन्।

    आज (बिहिबार) स्वतन्त्र ऊर्जा उत्पादक संघले गरेको कार्यक्रममा बोल्दै उनले यस्स्तो बताएका हुन्। यस्तै पछिल्लो १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासको निम्ति एउटा विशेष र महत्त्वपूर्ण अवसर बन्ने समेत उनको भनाई छ।

    निजी क्षेत्र र सरकारको इच्छाशक्तिले आगामी १२ वर्ष भित्रमा २८ हजार मेगावाट बढी बिजुली उत्पादन गर्न सक्ने उनले बताए।

    पछिल्लो डेढ वर्षको अवधिमा १ हजारभन्दा बढी मेगावाट बिजुली उत्पादनको अवस्था सिर्जना भएको उनले बताए।

    ‘पछिल्लो १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासको निम्ति एउटा विशेष र महत्त्वपूर्ण अवसर बन्नेछ। यो उपलब्धिहरूले हाम्रा सामु नयाँ सम्भावना र अवसर पनि सिर्जना गरेको छ,’ उनले भने, ‘आगामी १२ वर्षमा हामीले २८ हजार सात सय मेगावाट बिजुली उत्पादन गर्न सक्छौँ।’