सचिव शर्माले भने: पूर्व पश्चिम रेलमार्गलाई राष्ट्रिय गौरवको आयोजनाबाट हटाउनुपर्छ - Chaitanya News
  • 2026-06-01
  • 08:09:05
  • सोमबार,जेठ १८, २०८३
  • सचिव शर्माले भने: पूर्व पश्चिम रेलमार्गलाई राष्ट्रिय गौरवको आयोजनाबाट हटाउनुपर्छ

    सचिव शर्माले भने: पूर्व पश्चिम रेलमार्गलाई राष्ट्रिय गौरवको आयोजनाबाट हटाउनुपर्छ

    काठमाडौँ– भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले कालीगण्डकी करिडोरलाई दुईवटा आयोजनामा बाँडेर काम सुरु गरिएको बताएका छन्। आज (बिहीबार) संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताका हुन्।

    त्यस्तै सचिव शर्माले हुम्लाको सिमकोटमा सेना र सडक विभागले ट्र्याक खोल्ने काम गरेको भन्दै हिल्सासम्म ट्र्याक खोल्न चिनियाँ सरकारको सहयोग लिएको बताए।

    ‘कालीगण्डकीमा बेनीदेखि माथि पहिरो जाने समस्या छ। कतै कडा चट्टान र अहिले जाडो मौसमका कारण कामको प्रगति न्यून छ’, उनले भने, ‘यो वर्षको बजेट ३७ अर्बले घटेर आयो। कन्ट्रयाक्टरहरु हिँड्न थालिसके।

    कर्णाली करिडोरमा सुरुमा ट्र्याक खोल्ने र यसका लागि ५५ करोड बजेट आएको भन्दै हुलाकी राजमार्गमा २५० पुल बनाउनु पर्ने र ११ सय ६८ किमी बाटो बनिसकेको बताए। उनले चितवन र नवलपरासी बीचमा निकुञ्जले पुल बनाउन नदिएको तथा कपिलवस्तुमा पनि निकुञ्जका कारण काम रोकिएको जानकारी दिए।

    पूर्व पश्चिम रेलमार्गलाई राष्ट्रिय गौरवको आयोजनाबाट हटाई हाल्नुपर्ने अवस्था रहेको भन्दै उनले बजेट सुनिश्चितता नगरी नहुने आयोजनामा सरकारको प्राथमिकतामा नदेखिको बताए।