काठमाडौँ– काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानी वितरण तालिका सार्वजनिक गरेको छ। सोमबारदेखि काठमाडौँमा मेलम्ची पानी पुनः वितरण सुरु भएको थियो।
बुधबारदेखि लागु हुने गरी केयूकेएलले नयाँ तालिका ल्याएको हो। केयूकेएलका उपप्रबन्धक उमेश मरहठ्ठाका अनुसार पुराना धाराबाट नै मेलम्चीको पानी र केयूकेएलको धारामार्फत नियमित पानी वितरण हुने गरी तालिका सार्वजनिक गरिएको हो।