एजेन्सी– च्याउ खानका लागि जति स्वादिष्ट हुन्छ त्यति नै स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ। यसमा प्रोटिन, भिटामिन्स, पोटाशियम, फस्फोरस र एन्टीअक्सिडेन्ट जस्ता धेरै पोषक तत्व पाइन्छन्।
एन्टीअक्सीडेन्ट र फाइटोक्यामिकल्सले यसलाई एन्टीब्याक्टेरियल र एन्टीफंगल बनाउँछन्। यसले हामीलाई मौसमी संक्रमणबाट जोगाउँछ र इम्यूनिटीलाई बलियो बनाउँछ।
च्याउमा पोलीसेकेराइड हुन्छन्, जसले प्रीबायोटिक्सको रुपमा काम गर्दछन्। यसले हाम्रो पाचन प्रणालीलाई सही राख्छ। यसमा एन्टीब्याक्टेरियल र एन्टीमाइक्रोबियल गुण हुन्छन्। यसले छालासम्बन्धी रोगहरुबाट पनि बचाउने काम गर्छ।
च्याउमा फोलिक एसिड र आइरनको मात्रा पनि प्रसस्त हुन्छ। यसको सेवनले शरीरमा हेमोग्लोबिनको स्तर पनि बढ्दछ। साथमा यसमा क्यालोरी र फ्याटको मात्रा एकदमै कम हुन्छ। जसले गर्दा तौल पनि नियन्त्रित रहन्छ।
च्याउमा त्यस्ता मिनरल्स पनि पाइन्छन् जसले हामीलाई क्यान्सर जस्तो स्थितिबाट पनि बचाउन सहयोग गर्छ। च्याउको सेवन हाम्रो दिमागको लागि पनि एकदमै फाइदाजनक मानिन्छ।