अनिन्द्राले हुन्छ शारीरिक र मानसिक दुवैमा असर - Chaitanya News
  • 2026-05-04
  • 10:16:32
  • सोमबार,बैशाख २१, २०८३
  • अनिन्द्राले हुन्छ शारीरिक र मानसिक दुवैमा असर

    अनिन्द्राले हुन्छ शारीरिक र मानसिक दुवैमा असर

    काठमाडौं– स्वस्थ रहन निद्रा स्वस्थ खाना जत्तिकै महत्त्वपूर्ण छ। हो, यदि तपाईलाई राम्रोसँग निन्द्रा लागेन भने तपाई स्वास्थ्य सम्बन्धी धेरै समस्याको सिकार हुन सक्नुहुन्छ। निन्द्राको कमीले मुड चिड़चिडा मात्र बनाउँदैन, यसले मुटु र पेटसँग सम्बन्धित समस्या पनि निम्त्याउन सक्छ।

    निद्रामा कुनै पनि प्रकारको अवरोधले हाम्रो स्वास्थ्यलाई प्रत्यक्ष असर गर्छ भन्ने धेरै अनुसन्धानहरूमा पनि पत्ता लागेको छ। कतिपय समस्याका लक्षणहरू प्रष्ट रूपमा देखिन्छन्, तर केही देखिदैनन्। जसका कारण समयमै पत्ता लगाउन नसक्दा पछि गम्भीर बन्न पुग्छ। शरीरलाई स्वस्थ राख्न ७ देखि ८ घण्टा सुत्नुपर्छ।

    निद्राको कमीले स्वास्थ्यमा असर गर्छ
    – दैनिक ७ देखि ८ घण्टा नसुत्ने मानिसमा क्यान्सर, स्ट्रोक, मुटु रोग र मधुमेहको जोखिम धेरै हदसम्म बढ्ने धेरै अध्ययनले देखाएको छ।

    –शरीरका लागि आवश्यक निद्रा नपुग्दा मस्तिष्कको तन्तुमा नराम्रो असर पर्छ। यसका कारण बिस्तारै स्मरणशक्ति कमजोर हुन थाल्छ र सोच्ने र बुझ्ने क्षमता पनि कम हुन थाल्छ।

    –निद्राको कमीले शरीरमा उर्जा हुँदैन। सधैं थकानको अनुभूति हुन्छ।

    –निद्राको कमीको पहिलो लक्षण भनेको खराब मुड हो। यसले व्यक्तिमा चिडचिडापन र क्रोध बढाउँछ र यी सबै चीजहरूले तपाईंको मानसिक स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ।

    – निद्राको कमीले पाचन प्रणालीमा पनि असर गर्छ। निन्द्रा नलाग्ने मानिसहरूलाई अक्सर कब्जियतको समस्या हुन्छ र यसलाई समयमै ख्याल गरिएन भने कब्जियत पाइल्स जस्ता गम्भीर रोगमा परिणत हुन सक्छ।