मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्ने छ। योजना गोप्य राखेर अघि बढ्नु होला।
मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
आँटेको र ताकेको कार्य अघि बढ्ने छ। पारिवारिक सहयोग र सद्भाव बढ्ने छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ।
सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला। स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ भने विश्वास गरेकै हरुबाट धोका हुनसक्छ।
तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज आकस्मिक यात्राको अवसर आउन सक्छ र यात्राबाट लाभ नै मिल्ने छ। काम देखाएर अरूको मन लोभ्याउन पनि सकिने छ।
धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ। शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ।
कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज कुनै समाचारले मनमा शान्ति छाउने छ। आम्दानी बढाउने कामको योजना गर्न सकिने छ। राजनैतिक कार्यमा सफलता मिल्ने छ।
वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज धर्म, कर्म र सामाजिक कार्यमा मन जानेछ। साहित्यिक क्षेत्रमा रूचि बढ्ने छ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ।
कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। धार्मिक कार्यमा मन जानेछ। व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्ने छ।
कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज शुभ समाचार सुन्न पाइनेछ। मित्रबाट विशेष सहयोग मिल्ने छ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ।
वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
सहयोगी हातहरू अघि बढ्ने छन्। आफन्तको प्रगतिमा मन रमाउने छ। व्यापार व्यवसाय सामान्य होला। पुनर्मिलनको योग पनि रहेको छ।
मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
आज धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने छ। जोश, जाँगर र हिम्मत बढ्ला। बन्धु बान्धवबाट सहयोग मिल्ने छ।
मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज मनोरञ्जन पूर्ण दिन रहनेछ। रोकिएको काम दोहो¥याएर प्रयत्न गर्दा फाइदा हुनेछ। आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन्।