मधेश प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाइँदै - Chaitanya News
  • 2026-11-18
  • 17:35:20
  • बुधबार,मंसिर ०३, २०८३
  • मधेश प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाइँदै

    मधेश प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाइँदै

    काठमाडौँ– मधेश प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाउँदैछ।

    आजकै दिन २०७८ माघ ३ गतेका दिन प्रदेश नं. २ बाट मधेस प्रदेश नामकरण गरिएको र प्रदेशको राजधानी जनकपुरधाम तोकिएको सम्झनामा प्रदेश सरकारले स्वाभिमान दिवस मनाउन लागेको हो।

    गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो।

    आज मधेश सरकारले जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ११ बजे स्वाभिमान दिवस मनाउने र त्यहीँ मुख्यमन्त्री सरोजकुमार यादवको एक वर्षे कार्यकालको प्रमुख कार्य विवरण सार्वजनिक गर्ने कार्यक्रम आयोजन गरेको छ।