राती पटकपटक निद्रा खुल्छ भने सावधान हुनुहोस् - Chaitanya News
  • 2026-05-04
  • 10:15:39
  • सोमबार,बैशाख २१, २०८३
  • राती पटकपटक निद्रा खुल्छ भने सावधान हुनुहोस्

    राती पटकपटक निद्रा खुल्छ भने सावधान हुनुहोस्

    एजेन्सी– कतिपय मानिसलाई रातमा राम्रोसँग निद्रा लाग्दैन। अझ पटकपटक निद्रा खुल्दा उनीहरु हैरान हुन्छन्।

    हालै गरिएको एक अध्ययनबाट थाहा भएको छ कि यसरी ३० को उमेरदेखि नै निद्रा खल्बलिँदा यसको सिधा असर पछि पर्छ। बुढो भएपछि यसले गम्भीर समस्या निम्त्याउन सक्छ।

    अध्ययनमा भनिएको छ, जो व्यक्तिलाई ३० देखि ४० वर्षको उमेरमा निद्राको समस्या हुन्छ, पछि गएर उनीहरुको दिमागमा असर पर्दछ। उनीहरुको स्मरण शक्ति पनि कमजोर हुँदै जान्छ।

    यो अध्ययन अमेरिकाका पाँच सय २६ व्यक्तिमा ११ वर्षसम्म गरिएको थियो। जसको आधारमा रिपोर्ट प्रकाशित गरियो।

    अध्ययनमा यो पनि पनि पत्ता लागेको देखियो कि जसको निद्रा रातमा पटक पटक खुल्दैन। उनीहरुको दिमागले ५० वर्षपछि पनि उत्तिकै राम्रो काम गर्छ र स्मरण शक्ति पनि बलियो नै हुन्छ।

    एउटा व्यक्तिले औसतमा लगभग ७ देखि ८ घण्टा निद्रा लिन जरुरी हुन्छ। तर, फरक(फरक व्यक्तिमा भने यो निद्राको प्याट्रन फरक हुन सक्छ।

    निद्रा पूरा नहुँदा हामीलाई कयौं प्रकारका अन्य समस्या पनि हुन सक्छन्। लामो समयसम्म निद्रामा कमी हुँदा यसले क्यान्सर, मधुमेह जस्ता रोगको खतरा पनि बढ्छ।

    यदि तपाईंले प्रर्याप्त निद्रा लिनुभएको छैन भने इम्यूनिटी कमजोर हुन सक्छ। सोच्ने तथा सम्झने क्षमता पनि कम हुन्छ र तौल बढ्दै जान्छ।

    पटक पटक निद्रा खुल्ने समस्या रोक्न के गर्ने?

    खराब जीवनशैली नै निद्रामा खलल पुर्‍याउने मुख्य कारण हो। आफ्नो जीवनशैलीलाई सुधार्नुहोस्। समयमा घरमा बनेको खाना खानुहोस्।

    खाना त्यस्तो खानुहोस् जसमा सबै खाले पोषक तत्व भएको होस्। आवश्यकता भन्दा धेरै नखानुहोस् र प्रर्याप्त मात्रामा शारीरिक गतिविधि पनि गर्नुहोस्।

    नियमित रुपमा कसरत गर्नुहोस्। हप्तामा कम्तीमा पाँच दिन आधा घण्टा व्यायाम गर्नुहोस्। तपाईं नृत्य, साइकिलिंग, स्विमिंग जस्ता कसरत पनि गर्न सक्नुहुन्छ।

    सुत्नुअघि फोन, टेलिभिजन जस्ता विद्युतीय उपकरणको प्रयोग नगर्नुहोस्। न त त्यस्तो सामग्रीलाई आफू सुत्ने बेडमा राख्नुहोस्।