एजेन्सी– बिहान उठेर मानिस सबैभन्दा पहिलो ब्रस गर्दछन्। यो हाम्रो दाँतको स्वास्थ्यका लागि एकदमै राम्रो काम हो।
तर कहिलेकाँही हामी त्यस्ता साना गल्ती गर्छौं जसले हाम्रो ओरल हेल्थलाई नोक्सान पनि पुर्याउन सक्छ।
–बिहानको समयमा प्रायः हामी छिटो छिटो ब्रस गर्ने गर्छौं। कहिलेकाँही हामीले पूरा एक मिनेट पनि ब्रस गर्दैनौं। यसले गर्दा हाम्रा दाँत राम्रोसँग सफा हुँदैनन्।
–ब्रस गर्ने समयमा हामीले धेरैपटक यो बिर्सने गर्छौं ब्रस कति पुरानो भएको छ। त्यसैले हाम्रो मुख तथा दाँतको स्वास्थ्यका लागि पनि कम्तीमा तीन महिनामा ब्रस परिवर्तन गर्नुपर्दछ।
–ब्रस गर्ने तरिकामा पनि परिवर्तन जरुरी हुन्छ। एउटै प्रकारले दाँत घोटिरहँदा दातको अन्य भागहरुको फोहोर नजान सक्छ। त्यसैले चारैतिर भित्र बाहिर गरेर दाँतलाई घोट्नुपर्छ।
–ब्रस गर्नका लागि अर्को मुख्य कुरा हो सही टुथपेस्ट वा मञ्जनको प्रयोग गर्नु। हामीले स्वास्थ्यलाई खराब नगर्ने खालको मञ्जन छनोट गर्नुपर्दछ।
–कतिपयले दाँत माझ्ने क्रममा एकदमै धेरै जोड लगाउने गर्छन्। त्यो पनि एकदमै गलत हो। यसले दाँत तथा गिँजा खराब हुन सक्छ। त्यसैले दबाब सही राख्न पनि जरुरी हुन्छ।
–ब्रस गर्नका लागि पनि एकदमै कडा वा एकदमै नरम ब्रसको प्रयोग पनि गर्नु हुँदैन। एकदमै बीचको खालको ब्रसको प्रयोग गर्नुपर्दछ। जो एकदमै कडा नहोस् वा धेरै नै नरमले पनि दाँत सफा गर्दैन।