तपाँईको आजको राशिफल - Chaitanya News
  • 2026-11-18
  • 17:35:25
  • बुधबार,मंसिर ०३, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। आँटेको र ताकेको कार्य पुरा होला। परिवारलाई समय दिन सकिने छ र शुभकार्यको चर्चा चल्ने छ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ। मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ। आर्थिक क्षेत्र सामान्य नै रहने छ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज कुनै समाचारले मनमा शान्ति छाउनेछ। चिताएको कामले तीव्रता लिने र सफलता पाइनेछ। पुनर्मिलनको योग पनि रहेको छ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    सानातिना बाधा अवरोध आइलागे पनि काम रोकिने छैन। वैदेशिक कार्य सम्पादनमा सहजता मिल्ने छ। शुभकार्यको चर्चा पनि चल्ने छ।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    आज नयाँ योजना, अवसर र नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ। धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ। शेयर बजारले पनि साथ दिनेछ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    प्राविधिक कार्य सफल हुनेछ। वित्तीय संस्थाबाट सहयोग पाइनेछ। प्रेम सम्बन्ध कसिलो होला। घर जग्गाको कारोबारमा सफलता मिल्ने छ।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ। कुनै कुराले मनमा उत्साह छाउने छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ। प्रेमीको सहयोग पनि मिल्ने छ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। सरकारी निकायबाट सहयोग मिल्ने छ। राजनैतिक कार्यमा बाधा पनि आउने छ।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    आज ठीक समयमा सही निर्णय लिन सकिने छ। सामाजिक र राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सफलता मिल्ने छ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ। आफन्तको प्रगतिले मन रमाउनेछ। सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन्।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    आज नयाँ कार्यको योजना बन्ने छ। नजिकको व्यक्तिबाट सहयोग पाइएला। सरकारी निकाय र सामाजिक क्षेत्रमा सफलता मिल्ने छ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    आज कसैसँग कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ। सानातिना समस्यामा अल्झनु पर्नेछ। सौन्दर्यतामा धन खर्च पनि हुनेछ।