दीपक बोहराजस्तो विकास प्रेमी नेतालाई मत दिनु सबैको हित हुन्छ : प्रदीप खड्का - Chaitanya News
  • 2026-04-26
  • 05:37:06
  • शनिबार,बैशाख १२, २०८३
  • दीपक बोहराजस्तो विकास प्रेमी नेतालाई मत दिनु सबैको हित हुन्छ : प्रदीप खड्का

    दीपक बोहराजस्तो विकास प्रेमी नेतालाई मत दिनु सबैको हित हुन्छ : प्रदीप खड्का

    भैरहवा – अभिनेता प्रदीप खड्काले रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक बोहरालाई मतदान गर्न आग्रह गरेका छन्।

    ‘दीपक बोहराजस्तो विकास प्रेमी नेतालाई मत दिनु सबैको हित हुने छ।’ भैरहवामा आइपुगेका उनले भनेका छन्, ‘बोहराजीको बारेमा धेरै राम्रा कुरा सुनेको छु। लुम्बिनी क्षेत्रमा उहाँले नजिते धेरै नोक्सान हुन सक्छ, यसैले सबैले उहाँलाई मत दिनुहोस्।’

    गोमा ज्ञवालीसहित टिकटक स्टारहरूले पनि रुपन्देहीको विकासको लागि बोहराकै जित आवश्यक रहेको भन्दै मत मागेका छन्।

    रुपन्देही ३ मा यसअघिका चुनावी सहयात्री बीच नै अहिले चर्को प्रतिस्पर्धा छ। २०७४ को निर्वाचनमा भिडेका नेपाली काँग्रेसका नेता बालकृष्ण खाण र राप्रपाकानेता बोहरा यसपटक पनि प्रतिस्पर्धामा छन्।