नेपाल राष्ट्र बैंकले आज १५अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै - Chaitanya News
  • 2026-05-29
  • 04:48:02
  • बिहिबार,जेठ १४, २०८३
  • नेपाल राष्ट्र बैंकले आज १५अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै

    नेपाल राष्ट्र बैंकले आज १५अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आज १५ अर्ब७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ। बैंकले माघ २ गते मंगलबार जारी गर्नेगरी २८ दिने र ९१ दिने गरी दुई किसिममा कूल १५ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो।

    यद्यपि, नयाँ नभएर सबै पुरानै ट्रेजरीको नवीकरण गर्न लागिएको बैंकले जनाएको छ। बैंकको सूचना अनुसार २८ दिने ट्रेजरीका लागि ८ अर्बरुपैयाँ छुट्याइएको छ भने ९१ दिनेका लागि ७ अर्ब७० करोड रुपैयाँ छुट्याइएको छ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो २ बजेभित्र ट्रेजरी नवीकरणका लागि आवेदन दिन सक्नेछन्। ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ। यसअघि केन्द्रीय बैंकले पुस २३ गते १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।