धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर ५ शिवनगरस्थीत चैतन्य पाठशालाका शिक्षकलाई चैतन्य पाठशालाका प्रमुख सल्लाहकार प्रा. डा.हेम राज पन्तले ल्यापटप वितरण गरेका छन। चैतन्य पाठशालाका प्रमुख सल्लाहकार पन्तले विद्यालयका सम्पूर्ण शिक्षकहरूलाई ल्यापटप वितरण गरेका हुन्। चैतन्य पाठशालामा आयोजित कार्यक्रममा शिक्षकहरूलाई प्रमुख सल्लाहकारसँग साक्षात्कारसँगै थप ल्यापटप वितरण भएको विद्यालयले जनाएको छ।
यस्तै विद्यालयका प्रमुख सल्लाहकार प्रा. डा.पन्तले शैक्षिक सुधारमा शिक्षकको मुख्य भूमिका हुने बताए। शिक्षकलाई विद्यालयको पठन पाठन तथा अध्यापन गर्दा अझ झन् सजिलो र प्रविधिमैत्री हुने कुरामा आफू विश्वस्त रहेको जानकारी दिएका छन्। उनले विद्यालयमा आवश्यक पर्ने प्रविधिलाई पनि जोड्दै जानुपर्ने उल्लेख गर्दै पाठशालाका सम्पूर्ण शिक्षकहरूलाई ल्यापटप वितरणले सहजता प्रदान हुने बताए।
![]()
यस्तै उक्त अवसरमा चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले शिक्षकहरुको मेहनत र लगावले नै शैक्षिक संस्थाले सार्थक रुप लिने बताए ।
साथै उनले विद्यालयका प्रमुख सल्लाहकारलाई बिशेष धन्यावाद ब्यक्त गर्दै सबै जनाको योगदान प्रती धन्यवाद दिएका छन्।
कार्यक्रममा बिद्यार्थी,अभिभावक,बिद्यालयका शिक्षक शिक्षीकाहरुको उपस्थिति रहेको थियो। भने कार्यक्रमको सहजिकरण साहायक प्रधानाध्यापक कटक बहादुर सिहँले गरेका थिए।
![]()