काठमाडौँ– सरकारले कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताको औषधि उपचारका लागि विभिन्न अस्पतालहरू तोकेको छ। कोषमा आबद्ध भएका सञ्चयकर्ताको उपचारका लागि एक सय २० अस्पताल तोकिएको कर्मचारी सञ्चय कोषले जनाएको छ।
तोकिएका अस्पतालमा सबैभन्दा बढी बागमती प्रदेशमा ६० र कम कर्णाली प्रदेशमा दुई वटा अस्पताल रहेका छन्। कोशी प्रदेशमा १५, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा ६०, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा १६, कर्णाली प्रदेशमा दुई वटा र सुदूरपश्चिम प्रदेशमा तीन वटा अस्पताल उपचारका लागि तोकिएको छ
यसै गरी कोषमा आबद्धहरूले नेपाल सरकारका सबै केन्द्रीय, प्रादेशिक, जिल्ला तथा पालिका स्तरका सरकारी अस्पताल, सरकारी स्वास्थ्य केन्द्रहरू, नेपाल सरकारको स्वामित्वमा सञ्चालित अस्पताल र शिक्षण संस्थाहरूमा उपचार गराउन सक्ने छन्। यसरी गरिने उपचारको खर्च सञ्चय कोषले नै बेहोर्ने कोषका प्रवक्ता दामोदर सुवेदीले जानकारी दिए।
कोषले २०८० फागुन एक गतेदेखि लागू हुने गरी उपचार गराउने अस्पतालहरूको सूची तयार गरेको हो। साबिकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराउँदै आइएको उक्त योजनामा फाल्गुण १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पतिरपत्नीलाई समेत समावेश गरिएको कोषले जनाएको छ। कोषले सूचिकृत गरेका अस्पतालमा मात्र सञ्चयकर्ता वा पति–पत्नीको उपचार गराई कोषबाट सञ्चयकर्तालाई प्रदान गरिने सुविधा उपभोग गर्न कोषले आग्रह गरेको छ।
यी हुन् कोषले सूचीकृत गरेका अस्पताल
![]()
![]()
![]()
![]()
![]()
कोषका प्रवक्ता सुवेदीका अनुसार विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० को विनियम ७ बमोजिम विनियम २ (क)अनुसार तोकिएका अस्पतालमा उपचार हुनेछ। उक्त निर्देशिका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मन्त्री स्तरको २०८० कार्तिक ६ को निर्णयबाट स्वीकृत भएको थियो।