काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी गरेको छ। २४ पुस मंगलबार ‘संघ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तरसम्बन्ध) ऐन २०७७’ को व्यवस्था अनुसारको विषयगत समितिको बैठकमा सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने छलफल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
यस्तै सोही बैठकमा कृषि क्षेत्रमा लगानी दशक घोषणा गर्ने सम्बन्धमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रमा लगानी दशकको घोषणा र सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारीबारे प्रदेश सरकारका कृषि मन्त्री र सचिवहरूसँग छलफल गरेको हो।
कृषिमन्त्री डा.बेदुराम भुसालको अध्यक्षतामा बसेको बैठकले कृषि क्षेत्रमा लगानी दशक घोषणाको तयारीका सन्दर्भमा छलफल भएको मन्त्रालयले जनाएको छ।