विकासको लागि घिमिरेको आवश्यकता : मतदाता - Chaitanya News
  • 2026-04-26
  • 03:41:38
  • शनिबार,बैशाख १२, २०८३
  • विकासको लागि घिमिरेको आवश्यकता : मतदाता

    विकासको लागि घिमिरेको आवश्यकता : मतदाता

    मोरङ– मोरङ क्षेत्र नं ४ (क) प्रदेश सभा तर्फका उम्मेदवार गुरुराज घिमिरे लोकप्रिय युवा नेता मानिन्छन्। नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभाका उम्मेदवार बनेका गुरुराज समग्र प्रदेशको विकास निर्माणका लागि आवश्यक उम्मेदवार रहेको मतदाता बताउँछन्।

    राम्रो भिजन भएका नेता गुरुराज प्रदेश संसदका लागि आवश्यक व्यक्ति हुन्’, मोरङ बाहुनिका रमेश चौधरी बताउँछन्।

    मोरङको कटहरीमा आयोजना गरिएको चुनावी कार्यक्रममा बोल्दै घिमिरेले संसदमा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताएका छन्।

    उनले जनता विकासको पर्खाइमा रहेको आफूले महसुस गरेको भन्दै क्षेत्र नं ४ को विकासमा आफू लागि पर्ने प्रतिबद्धता जनाए।आफू यस पटक प्रतिगमनलाई परास्त गर्न र जनजीविकाको पक्षमा संसदमा आवाज उठाउन चुनावमा होमिएको उनको भनाइ थियो।

    जनताको अवस्था बदल्नुपर्ने भएकोले विकास र रोजगार सृजनामा जोड दिने उनले बताए। ‘मोरङ क्षेत्र नं ४ को विकासको जग बसाउने काम महेश आचार्यले गरे। त्यसपछि यहाँको विकासमा अमनलाल मोदीको पनि योगदान उत्तिकै रहेको छ। त्यही भएर फेरि उम्मेदवार बन्नु भएको छ। हामी सबैले गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गरी जिताउनुपर्नेछ,’ उनले भने।