राष्ट्रिय सभाको चुनावका लागि कर्णालीमा सत्ता गठबन्धनका उम्मेदवारले गरे मनोनयन दर्ता - Chaitanya News
  • 2026-11-17
  • 03:56:17
  • सोमबार,मंसिर ०१, २०८३
  • राष्ट्रिय सभाको चुनावका लागि कर्णालीमा सत्ता गठबन्धनका उम्मेदवारले गरे मनोनयन दर्ता

    राष्ट्रिय सभाको चुनावका लागि कर्णालीमा सत्ता गठबन्धनका उम्मेदवारले गरे मनोनयन दर्ता

    काठमाडौँ– राष्ट्रिय सभाको चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले एकसाथ उम्मेदवारी दर्ता गराएका छन्।

    आज (सोमबार) प्रदेश निर्वाचनको कार्यालयमा पुगेर अन्यतर्फ काँग्रेसका कृष्ण रोकाया (रुकुम पश्चिम), दलित कोटामा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) र महिला कोटातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख)ले उम्मेदवारी दर्ता गराएकी हुन्।

    राष्ट्रिय सभाका लागि कर्णालीमा हुने ३ सिटमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक(एक सिट पाएको छ।