विश्व मधुमेह दिवस नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइयो - Chaitanya News
  • 2026-04-26
  • 03:43:09
  • शनिबार,बैशाख १२, २०८३
  • विश्व मधुमेह दिवस नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइयो

    विश्व मधुमेह दिवस नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइयो

    काठमाडौं– विश्व मधुमेह दिवस नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइएको छ।

    दिवसको अवसरमा ललितपुरमा सचेतनामुलक र्‍याली निकालिएको छ। हाल विश्वभरी ५३ करोड भन्दा बढी मानिसहरूलाई मधुमेह भइसकेको र अबको १० देखि १५ वर्षमा मधुमेहको समस्या झनै बढ्ने चिकित्सकहरू बताउँछ्न।

    नेपालमा पनि ८ प्रतिशत मानिसमा मधुमेहको समस्या देखिएको चिकित्सकहरूको भनाइ छ। अहिले ३० वर्ष भन्दा माथिका मानिसमा यो समस्या धेरै देखिनु खानपानमा ध्यान नदिने, जङफुडहरू बढी खाने र शारीरिक कसरतको कमीका कारण युवाहरूमा पनि मधुमेहको समस्या बढ्दै गएको बताइएको छ।

    मधुमेह नियन्त्रणमा गर्न नसके आँखाको समस्या चाँडै देखिने भएकाले ३० वर्ष भन्दा माथिका हरेक मानिसहरूले हरेक वर्ष सुगर परीक्षण गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ।