उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ - Chaitanya News
  • 2026-11-17
  • 03:52:22
  • सोमबार,मंसिर ०१, २०८३
  • उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

    उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौँ– उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    उच्च अदालतमा आयोजित कार्यक्रममा प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीशले उनीहरूलाई शपथ गराएका हुन्।

    शपथग्रहणसँगै अब न्यायाधीशहरू भोलिदेखि आउँदो माघ १२ गतेसम्म प्रशिक्षणमा रहनेछन्। त्यसपछि उनीहरू तोकिएको उच्च अदालतमा जानेछन्।

    यही पुस १८ गते बसेको न्याय परिषद्को बैठकबाट २६ जिल्ला न्यायाधीश, चार न्याय सेवाका कर्मचारी र नौ कानुन व्यवसायीलाई उच्चको न्यायाधीशमा नियुक्त गरिएको थियो।