काठमाडौं– आधुनिक जीवनशैलीलाई अपनाउने चक्करमा यस्ता गल्ती गरिरहेका हुन्छौ, जसले बाँझोपनको समस्या ल्याउँछ। खानपान, शिफ्ट अनुसारको जागिर तथा रहनसहनमा आएको परिवर्तनका कारण जहाँ एकातिर हाम्रो जीवनको स्तर पहिलाको तुलनामा निकै ठूलो भएको छ, अर्कोतिर आधुनिकीकरणको परिणामस्वरुप पनि थुप्रै प्रकारका स्वास्थ समस्या बढेको छ।
वास्तवमा युवाहरुमा बाँझोपनको समस्या आधुनिक जीवनशैलीमा गरिने केही आम गल्तिहरुको कारणले बढिरहेको छ।
१.खानपिनको गलत बानी
बाँझोपनको लागि सबैभन्दा धेरै जिम्मेवार भनेकै खानपिनको गलत बानीलाई मान्न सकिन्छ। कुबेलाको खाना खुवाइ, जंक फूड, फास्ट फूड खाने बानीकै कारण युवा अवस्थामै बाझोपनको समस्या बढिरहेको चिकित्सकहरुको भनाइ छ। फास्ट फूड तथा जंक फूड जस्ता खाद्यपदार्थमा हुने पेस्टीसाइडले शरीरमा हार्मोनको सन्तुलनलाई बिगार्छ, जसका कारण बाँझोपनको समस्या पैदा हुन्छ।
२.तनाव
आधुनिक जीवनशैलीमा करिव–करिव हरेक व्यक्ति तनावबाट ग्रस्त छन्। कामको दवाव, प्रतिस्पर्धाको भावना, किस्ताको बोझ, जीवनशैलीलाई मेन्टेन गर्नका लागि हुने आर्थिक बोझ आदि त्यस्ता समस्याहरु हुन्, जसलाई हामी स्वयम्ले आफ्नै लागि तयार पारेका हौं। यी सबैका कारण अधिकांश युवाहरु तनावमा रहन थालेका छन्। यही कारण उनीहरु बाँझोपनको शिकार हुन थालेका छन्।
३.ढिला विवाह
आज प्रगति र सफलताको चाहनामा महिला तथा पुरुषहरु कम उमेरमा विवाह गर्नै चाहँदैनन्। विवाहपछि पनि आर्थिक सुरक्षालाई कायम राख्दा–राख्दै उनीहरुले सन्तान जन्माउने बारेमा सोच्नै भ्याउँदैनन् अथवा त्यसबारेमा सोच्न धेरै समय लगाउँछन्। महिलाहरु समेत अचेल आत्मनिर्भर हुन थालेका छन् र उनीहरु कम उमेरमा बच्चा जन्माउन चाहँदैनन्।
४.व्यायाम नगर्नु
कामको दवावका कारण व्यायामका लागि समय निकाल्न युवाहरुका लागि निकै ठूलो समस्या बन्दै गैरहेको छ। कल सेन्टर तथा सञ्चारमाध्यमको जागिरमा त समयको बाध्यता नहुनाले कामको दवाव र प्रतिस्पर्धा अझ बढ्छ।
युवाहरुका लागि सन्तान जन्माउनु भन्दा महत्वपूर्ण कुरा प्रगति तथा भौतिक सुखसुविधाका लागि पैसा महत्वपूर्ण हुन थालेको छ। यही कारण जीवनको अधिकांश समय अफिसको काममै बितिरहेको हुन्छ। अफिसमा धेरै समयसम्म काम गरेपछि घर आउँदा श्रीमान्९श्रीमती नै थकित भैसकेका हुन्छन्। यस्तो बेला दुबैलाई शारीरिक सम्पर्क राख्ने चाहना समेत हुँदैन। यदि कामसंग–संगै शारीरिक व्यायामलाई समेत निरन्तरता दिने हो भने बाँझोपनबाट बच्न सकिन्छ।
५.निद्रा पुरा नहुनु
निद्रा पुरा नहुने कारण पनि युवाहरुमा बाँझोपनको समस्या बढिरहेको छ। कामको बोझ र राती ढिलोसम्म पार्टी गर्ने कारणले युवा९युवतीहरु पर्याप्त निद्रा पुर्याउन पाउँदैनन्, जसका कारण हार्मोनमा असन्तुलन हुन्छ र बाँझोपनको समस्या बढ्छ। थुप्रै वटा अनुसन्धानहरुले पनि के कुरा पत्ता लगाएको छ भने निद्रा पुरा नहुने कारण हार्मोनको सन्तुलन बिग्रन्छ र बाँझोपनको समस्या देखिन्छ। त्यसैले नियमित रुपमाले कम्तिमा सातदेखि ९ घण्टा सुत्नु अनिवार्य छ।
६.तौल बढ्नु
खानपानको गलत बानी, व्यहोरा र व्यस्त दिनचर्याका कारण व्यायामका लागि समय निकाल्न पाउँदैनौं। जसको कारणले हामी मोटाउन थाल्छौं। चिकित्सकहरुका अनुसार मोटोपना पनि बाँझोपनको एउटा ठूलो कारण हो। अधिक तौलले महिला तथा पुरुष दुबैको प्रजनन शक्तिलाई प्रभावित बनाउँछ। यसबाहेक जो महिलाहरुको तौल सामान्य भन्दा कम छ, उनीहरुमा पनि यो समस्या देखिन्छ।
७.चुरोट र रक्सी
अचेलका युवाहरुमा रक्सी, चुरोट, कोकिन आदिको प्रयोग निकै सामान्य झैं भैसकेको छ। यी सबै नशालु पदार्थहरुको प्रयोगका कारणले युवक तथा युवती दुबैमा बाँझोपनको समस्या देखिन थाल्छ। यी पदार्थको अत्यधिक सेवनका कारण पुरुषको विर्य तथा महिलाको डिम्बको गुणस्तरमै हृास आउँछ।
८.स्वास्थ्य समस्याहरु
हाइपरटेन्सन तथा उच्च रक्तचाप जस्ता समस्याहरु, जसलाई कुनै बेला बृद्ध, वृद्धालाई लाग्ने रोग भनिन्थ्यो, आज युवापुस्तामा समेत सामान्य हुन थालेको छ। यसको प्रभावले युवापुस्ताको यौन जीवनलाई नकारात्मक प्रभाव पारेको छ। सानै उमेरदेखि कम्प्युटर तथा ल्यापटपमा बस्नु सामान्य भैसकेको छ। यीनै बानीहरु समेत बाँझोपनको कारण बनिरहेका छन्।
९.बाँझोपनको उपचार
असिस्टेड रि–प्रोडक्टिभ प्रविध अर्थात आईविएफको माध्यमबाट तपाईको आमा बन्ने सपना पुरा हुनसक्छ। तर, त्यस्तो स्थितमा डोनरको सहयोग लिनु पर्ने हुन्छ। त्यसलै, चिकित्सकहरु के सल्लाह दिन्छन् भने यदि तपाईंले स्वस्थ जीवनशैली अपनाउनु भयो भने बाँझोपनको समस्याबाट बच्नु हुनेछ।